बैशाख १७, २०७९ शनिबार

गायक निमा तामाङ र गायिका अन्नु चौधरीको युगल गायनमा समावेश ‘बाँध मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावलाई समेटिएको यस गीतमा ताराप्रकाश लिम्बूको शब्द संगीत छ।  

सविन लिम्बूले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा स्वयम् गायक तामाङ र विमला खाजुमलाई रोमाञ्चक मुद्रामा देख्न सकिन्छ। ‘बहकिँदै छ मन बाँध मायाले’, ‘सम्हाल यो मन’, ‘चाहना छ तिम्रै हुने, एक जुनी होइन, अनेकौँ जुनी’ लगायत बोलका गीत समावेश गरिएको छ।

भूपेन्द्र तुम्बाहाम्फेको छायांकन र सम्पादनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गायक तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ लगायत  थुप्रै चर्चित गीतहरू सार्वजनिक भइसकेका छन्।