बैशाख २०, २०७९ मंगलबार

काठमाडौं – युकेमा रहेकी गीतकार गीता गिरीको शब्दमा रहेको आधुनिक गीत ’हास तिमी ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर गायिका मेलिना नेवारको रहेको छ भने संगीत लोकप्रिय संगीतकार बसन्त थापाको रहेको छ।

यस गीतलाई विसन मान्धरले संगीत संयोजन गरेका हुन्। कुशल श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई कुशल श्रेष्ठले सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा सिर्जना नाङ्खगेलु र सन्तोष राईले फिचर्ड छन्। कुशल श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको हो।  

गीतकार गीता गिरीको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  यसअघि गीतकार गिरीको शब्दमा समावेश ’ए पहरी फुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ।  निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया  सबै दर्शक, स्रोतालाई आग्रह गरेको छ।  

भिडियो लिंकः