बैशाख २१, २०७९ बुधबार

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन ४’का लागि जेठ १ गतेसम्म आवेदन दिन पाइने भएको छ ।

निर्देशक लक्ष्मण पौडेलले निर्धारित मितिभित्रै आवेदन दिन इच्छुकलाई आग्रह गरेका छन् । अडिसनमार्फत डेढ सय जना छनोट हुने र ब्लाइन्ड अडिसन सुटिङ आगामी दुई महिनामा सुरु हुने जानकारी पौडेलले दिए ।


गुगल प्ले र एप स्टोरमार्फत भ्वाइस अफ नेपालको आधिकारिक एप डाउनलोड गरेर आवेदन दिन सकिने भएको छ । एपमार्फत भिडियो पठाउनुपर्ने नियम छ ।