हिटको ग्यारेन्टी गर्ने नायकको रुपमा चिनिन्छन्, अनमोल केसी । ‘कृ’ र ‘क्याप्टेन’को व्यापारलाई विर्सने हो भने उनका प्रायः फिल्म बक्सअफिसमा सफल छन् । उनको स्टारडमले नै फिल्म सफल बनाउने ल्याकत राख्छ । यसैले युवापुस्तालाई लक्षित गरेर फिल्म बनाउन चाहने हरेक मेकरको पहिलो रोजाईमा उनी हुने गरेका छन् । मागअनुसार उनको पारिश्रमिक पनि उकालोलाग्दो छ ।
अनमोल वर्षमा दुईभन्दा बढी फिल्म गर्दैनन् । फिल्मको अफर भने उनलाई दिनमै सातवटा सेड्युलमा काम गरे पनि नभ्याउने गरी पुग्ने गर्छ । उनले फिल्म साइन गरी नै हाले भने पनि काम गर्छन् नै भन्ने ग्यारेन्टी हुँदैन । केही वर्षयता उनले साइन गरेका फिल्म छाडेका उदाहरण धेरै छन् । हतारमा फिल्म साइन गरेर पछि अनेक कारण देखाउँदै हात झिक्ने उनलाई बानी परिसकेको छ ।
हुनत, कलाकारले साइन गरेको फिल्म छाड्नु नौलो होइन । विश्वमै हेर्ने हो भने स्क्रिप्ट फेरबदल भएर, समय नमिलेर, निर्देशक वा निर्मातासँग मतभेद भएर कलाकारले फिल्म छाडेका कयैन् उदाहरण छन् । अनमोलले पनि एकरदुईवटा फिल्म छाडेको भए उनीमाथि प्रश्न उठ्ने ठाउँ रहँदैन थियो । तर, उनी त गिनिज बुकमा नै नाम लेखाउने गरी साइन गरेको फिल्म छाडिरहेका छन् ।
अनमोल भन्छन्, 'भारतले नेपाललाई धेरै हेपेको छ'
निर्देशक हेमराज विसीको फिल्म ‘ग्यांगस्टार ब्लूज’ अनमोलले काम गर्ने लगभग पक्का गरेर पछि छाडेका थिए । यसपछि उनले मिलन चाम्सको ‘ब्याचलर बन्टी’ र साम्तेन भुटियाको ‘धुपौरे’ साइन गरेर पछि हात झिके । हालै उनी दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘हनी बनी’बाट पनि अलगिएका छन् । यो फिल्म उनले स्क्रिप्ट पढेको २ दिनमा साइन गरेका थिए ।
आखिर फिल्म छाड्ने नै भए किन साइन गर्छन् अनमोल रु फिल्म साइन गरेपछि के कुरा चित्त बुझ्दैन उनलाई रु धेरैका लागि यो चासोको विषय बनेको छ । फाइनल स्क्रिप्ट नै नपढि वानलाइन स्टोरीकै भरमा फिल्म साइन गर्ने अनमोलको बानी रहेको बताइन्छ । हातमा फाइनल स्क्रिप्ट परेपछि आफूले सुनेको वानलाइन स्टोरीसँग छेउटुप्पो नमिल्दा उनले फिल्मबाट हात झिक्ने गरेका छन् ।
फाइनल स्क्रिप्ट नपढि फिल्म साइन गर्नु अनमोलको आफ्नै गल्ती हो । निर्मातारनिर्देशकले त दिउँसै सपना देखाइदिन्छन् । नेपाली फिल्मको वानलाइन स्टोरी साउथ फिल्मको भन्दा सानदार हुने गरेका छन् । तर, स्क्रिप्टमा वानलाइन स्टोरीको १० प्रतिशत पनि आउँदैन । त्यसैले मेकरको बोलीमा विश्वास गर्नुभन्दा फाइनल स्क्रिप्ट पढेपछि मात्र उनले निर्णय लिने बानी बसाल्न आवश्यक छ ।
फिल्म साइन गरेको केही दिनमा विभिन्न कारण देखाएर हात झिक्ने बानीले उनको छवि समेत धमिलो बन्दै गएको छ । एकातिर उनी निर्मातारनिर्देशकको आँखोको तारो बनिरहेका छन् भने अर्कोतिर उनले आफैंलाई ‘अनप्रोफेसनल कलाकार’ प्रमाणित गरिरहेका छन् । अब उनी फिल्म साइन गर्दा गम्भीर हुन जरुरी छ । अन्यथा, यसको असर उनको करिअरमा नपर्ला भन्न सकिन्न ।