बैशाख २२, २०७९ बिहिबार

काठमाडौँ । गायक तथा  संगीतकार आशिष अविरलको ‘पल्केँ तिम्रो मायामा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

गायक तथा संगीतकार आशिष अविरलको आफ्नै युट्युब च्यानलमार्फत् हिजो बुधबार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। एकनारायण  भण्डारीको  शब्द रहेको उक्त गीतमा संगीत र संगीत संयोजनसमेत अविरलकै रहेको छ। यस गीतको ओरिजिनल भर्सन गायक कमल किरणको आवाजमा छ भने अविरलले यस गीतलाई कम्पोजर भर्सनमा गाएका हुन्।

त्यस्तै, विकास सुवेदीको निर्देशन रहेको म्युजिक भिडियोमा कलाकार पल शाह, आँचल शर्मा लगायतको अभिनय तथा नृत्य रहेको छ।