बैशाख २२, २०७९ बिहिबार

चितवनको विकास गरेको भन्दै हास्य कलाकार सन्दीप क्षेत्रीले भरतपुर महानगरमा माओवादी उम्मेदवार रेनु दाहालको पक्षमा भाषण गरेका छन् ।

आफू कुनै दलको झण्डावाल नभएपनि राम्रो काम गरेका कारण रेनुको सभामा भाषण गर्न आएको उनले बताए । 

‘म तपाईंलाई रेनु दिदी भन्छु । रेनु दाहालभन्दा प्रचण्डको नाम आउँछ । प्रचण्डज्यू, ढुक्क हुनुस्, छोरी गज्जबको पाउनुभएको छ,’ भरतपुरमा आयोजित सभालाई सम्बोधन गर्दै क्षेत्रीले भने, ‘म कुनै दलको सदस्यता नलिएको मान्छे, यहाँ आउनुभन्दा पहिले आमासँग फोनमा कुरा गरें । त्यो केटीले देशका लागि काम गरेको छ, बोल्दा फरक पर्दैन भन्नुभयो, अनि आएको हुँ ।’

क्षेत्रीले आफू कुनै दलको सदस्य नभए पनि चितवनको विकासमा गरेको योगदानका कारण रेनुको पक्षमा बोल्न प्रेरित भएको बताए । 

‘तपाईंले गरेको कामबाट प्रभावित छु, तपाईंलाई मेरो कुलको आशिष लागोस्, यो पनि भन्छु, गलत गर्नुभयो भने श्राप लागोस्,’ क्षेत्रीले भने ।