दक्षिण भारतीय फिल्म उद्योगका चर्चित हाँस्य कलाकार मोहन जुनेजाको उपचारका क्रममा बैंगलोरको एक निजी अस्पतालमा ५४ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ ।
मोहन जुनेजाले आफ्नो करियर कमेडियनका रूपमा सुरु गरेका थिए। आफ्नो करियरमा मोहनले तमिल, तेलुगु, मलयालम र हिन्दीलगायत धेरै भाषाहरूमा १०० भन्दा बढी चलचित्रहरूमा अभिनय गरेका छन्।
उनी KGF-2 र KGF-1 जस्ता सुपरहिट फिल्महरूमा पनि देखापरेका थिए। फिल्म केजीएफ–२ मा मोहनले पत्रकार आनन्दीको इन्फर्मरको भूमिका निभाएका थिए।