दुई वयस्क युवायुवतीबीचको अभूतपूर्व प्रेम र समर्पणलाई "भागी जाऊँ न, तिमी र म" भिडियोमा समेटिएको छ ।
भीम पूर्जाको स्वर, अर्जुन पाइजा पुनको रचना संगीत रहेको गीतको भिडियोलाई हङकङको मनोरम प्राकृतिक दृश्यहरूमा छायांकन गरिएको भिडियोले सार्वजनिक गरिएको छोटो समयमै राम्रो प्रतिक्रिया पाइरहेको छ।
हङकङको आधुनिकतालाई पृष्ठभूमि बनाएर गगनचुम्वी भवन र समुद्रको विशालतामा बनेको यस गीतको भिडियोले पर्याप्त वाहवाही पाइरहेको छ ।
भिडियोग्राफी र निर्देशकीय क्षमताबाट हङकङेली नेपाली समाजमा आफूलाई स्थापित गरिरहेका मज्जाको राईले यसको भिडियो सार्वजनिक गरेका हुन्। आफ्नै छायांकन, सम्पादन र निर्देशनमा सार्वजनिक भिडियोमा शिशिर गुरुङ र संगीता हुप्पा चेम्जोङको अभिनय छ।