बैशाख ३१, २०७९ शनिबार

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगालले अग्रता लिनुभएको छ । काठमाण्डौ महानगरको मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेको छ । 

एमालेकी उम्मेदवार सुनिता डंगोलले ४ सय ९० मत प्राप्त गर्दै प्रारम्भिक अग्रता लिनुभएको छ । गठबन्धनतर्फ एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ६६, राप्रपाकी विनिता मगैयाले ८० मत प्राप्त गर्नुभएको छ । 

यस्तै काठमाण्डौको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरिरहनुभएको छ ।