जेठ ५, २०७९ बिहिबार

अभिनेत्री तथा निर्देशक झरना थापाद्वारा निर्देशनको तयारीमा रहेको ‘भागवत गीता’को छायांकन सुरु नहुँदै फिल्मको अमेरिका राइट्स बिक्री भएको छ।

फिल्मको राइट्स महंगो मूल्यमा नमस्ते इन्टरटेनमेन्ट अमेरिकाका अमृत राई, खेम गुरुङ र जंग राईको टोलीले खरिद गरेको हो।

प्रेम कथामा आधारित फिल्मलाई होम प्रोडक्सनबाट सुनिलकुमार थापाले निर्माण गर्न लागेका हुन्।

फिल्ममा झरनाकी छोरी सुहाना थापाको मुख्य भूमिका रहनेछ। फिल्मका लागि अभिनेता छनोट भए पनि केही समयपछि सार्वजनिक गरिने बताइएको छ।