जेठ ५, २०७९ बिहिबार

काठमाडौँ– पूर्व मिस नेपाल माल्भिका सुब्बाले पीडितलाई सहयोग गर्न नसकेको भन्दै सामाजिक सञ्जाल इन्टाग्राममा माफी मागेकी छिन् ।

उनले ब्युटी प्याजेन्ट आयोजना गरी आफूलाई बलात्कार गरेको दाबीसहित सार्वजनिक भएको भिडियोकी पीडितलाई आफूले आवश्यक सहयोग गर्न नसकेको भन्दै  माफी मागेकी छिन् ।


उनले लेखेकी छन्, ‘पीडकका बारेमा बुझ्न खोज्दा तपाईँ कुरा नसुन्नू, विश्वास नगर्नू, समर्थन नगर्नू मेरो भूल हो, यो माफी दिनलायक कार्य होइन, र मलाई माफी दिनुपर्छ भनेर मैले आशा पनि गरेको छैन । तपाई मसँग रिसाउनु तपाईंको अधिकार हाे । तपाईँलाई त्यो अवस्थामा सहयोग नगरेकोमा तपाईंले मलाई गरेको घृणा जायज छ । तपाईंले भोगेको पीडामा कानुनी उपचार दिलाउन नसक्नुमा मेरो पनि योगदान रहेको स्वीकार गर्दछु ।’

टिकटकमा ती युवतीले ब्युटी प्याजेन्ट आयोजना गर्ने एक व्यक्तिले आफूलाई पटक पटक बलात्कार र याैन शाेषण गरेकाे भन्दै त्यसबारे सहयोगका लागि आग्रह गर्दा माल्भिकाले सहयोग नगरेको बताएकी छिन् । भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा माल्भिकाकाे आलोचना भइरहेको छ ।