काठमाडौँ : चलचित्र ‘प्रेमगञ्ज’को तरवार बोलको गीत मंगलबार राजधानीमा सार्वजनिक गरिएको छ।
'जो जीवनमा छ ऊ मनमा छैन, जो मनमा छ ऊ जीवनमा छैन' भन्ने मूल विषयलाई चलचित्रमा समेटिएको छ।
चलचित्रका निर्देशक परिच्छेद सेनले प्रेमगञ्जमा चारवटा गीत भएको जानकारी दिए।
पुरुषोत्तम ढुंगेलको गीत र किरण भुसालको संगीतमा बनेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको आवाज छ। गीतमा वेनिसा हमाल, तेज गिरी र सम्पदा बानियाँको अभिनय छ। चलचित्र भदौ ३ गते रिलिज हुने भएको छ ।