जेठ ११, २०७९ बुधबार

चलचित्र ‘प्रेमगञ्ज’को आइटम गीत सार्वजनिक गरिएको छ । 

मंगलवार सार्वजनिक ‘तरबार’बोलको आइटम गीतमा चलचित्रकी मुख्य अभिनेत्री बेनिशा हमाल प्रस्तुत छिन् ।

गीतमा उनलाई हट अवतारमा प्रस्तुत गरिएको छ ।

पुरुषोत्तम ढुंगेलको शब्द, किरण भुसालको संगीत रहेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीले स्वर दिएका हुन् ।

परिच्छेद सेनको लेखन तथा निर्देशित यो चलचित्र भदौं ३ गतेदेखि प्रदर्शनमा आउँदैछ । 

चलचित्रमा बेनिशासहित सम्पदा बानियाँ र तेज गिरीको मुख्य भूमिका छ । 

किरण गुरागाईँ, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी र निर्मला लामिछाने निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् ।

राजु फूयाँलको प्रस्तुती रहेको चलचित्रमा संजय लामाको छायाँकन, अर्जुन जिसीको सम्पादन छ ।

भिडियो: