जेठ १३, २०७९ शुक्रबार

काठमाडौं- नेपाली र्‍यापर बालेन साह काठमाडौंको महानगरमा निर्वाचित भएपछि अर्का र्‍यापर भियोमाले 'सुरुवात' बोलको र्‍याप गीत सार्वजनिक गरेका छन्। अब युवाको पालो भन्ने भाव बोकेको गीत भियोमाले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्। 

भियोमाकै शब्द तथा प्रस्तुति रहेको बधाई गीत सुरुवात भियोमाको ज्ञान गति प्रोडक्सन कम्पनीले निर्माण गरेको हो। भियोमाले गीतमार्फत अब नयाँ विचार, नयाँ ऊर्जा सहित युवा अगाडि बढेको र यो नै नयाँ सुरुवात रहेको बताएका छन्। निर्वाचनअघि पनि भियोमाले बालेनका लागि शुभकामना गीत सार्वजनिक गरेका थिए।

बिहीबार सार्वजनिक गीतलाई युट्युबमा ८० हजारभन्दा बढी पटक हेरिएको छ।