अभिनेत्री दीया पुनले शुक्रबार बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् ।
आरोही पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनीसहित २० जनाले एकसाथ सगरमाथाको आरोहण गरेका हुन्। गत चैतमा आरोहण सुरू गरेकी दीया केही ढिलो गरेर सगरमाथाको चुचुरोमा पुगेकी हुन् ।
सबैजना चुचुरोबाट अहिले साउथ पोलमा सुरक्षित र न्यानो भएर फर्किएको आरोही पूर्जाले जानकारी दिए।
दीया सगरमाथा चढ्ने दोस्रो नेपाली अभिनेत्री बनेकी छन् । यसअघि निशा अधिकारीले सगरमाथा चढेकी थिइन् । गतसाता गायक राजु लामाले पनि जलवायु परिवर्तन विरुद्धको सन्देश दिन सगरमाथा चढेका थिए ।
अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवा चढेर आरोहण यात्रा थालेकी दीयाले यसअघि ८ हजार १६३ मिटर अग्लो हिमाल मनास्लु पनि चढेकी थिइन्।
दीया अभिनित फिल्म मन्त्र केहीसमय अगाडि सार्वजनिक प्रदर्शनमा आएको थियो ।