जेठ १६, २०७९ सोमबार

 आठ वर्षअघिको बलात्कार प्रकरणमा पक्राउ परेका मनोज पाण्डेलाई थप सात दिन थुनामा राख्न अदालतल े अनुमति दिएको छ । जिल्ला अदालतले उनलाई थुनामा राखी मुद्दा अनुसन्धान गर्न अनुमति दिएको हो । उनलाई यसअघि  पनि जिल्ला अदालत काठमाडौं सात दिन थुनामा राख्न अनुमति दिएको थियो । 

आठ वर्षअघि सौन्दर्य प्रतियोगिताकी एक प्रतियोगीमाथि प्रतियोगिता आयोजकले नै बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत उजागार भएको थियो ।

पीडित युवतीले आफूमाथि बलात्कार भएको भन्दै सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी थिइन् । उनले आरोपित मनोज पाण्डेको नाम पनि लिएकी थिइन् । त्यसपछि उपत्यका अपराधान अनुसन्धान कार्यालयको प्रहरी टोलीले पाण्डेलाई पक्राउ गरेको थियो । प्रहरीले पाण्डेमाथि मानवबेचविखनको अपराधमा मुद्दा चलाउने तयारी गरिरहेको छ ।

यो प्रकरण सार्वजनिक भएसँगै बलात्कार मुद्दामा हदम्याद पुनरावलोकन गर्नुपर्ने बहस चलेको छ । संसदमा संकल्प प्रस्तावसमेत दर्ता भएको छ ।