गायक शिव परियारले सेलिब्रेटीको जीवन साह्रै नै असजह बन्दै गइरहेको बताएका छन् ।
उनले सेलिब्रेटी बनेर सहज जीवनयापन गर्नु फलामको चिउरा चपाउनु जस्तै मात्रै नभइ पचाउन सक्नु जस्तै रहेको टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमा उनले सेलिब्रेटीहरूले नांगो पैतलाले तरबारको धार टेकेर यात्रा गर्नुपरिरहेको पनि बताएका छन् ।
‘सेलिब्रेटी बन्न कहाँ सजिलो छ रु यहाँ नांगो पैतलाले तरबारको धार टेकेर यात्रा गर्नु पर्दछ । सानो गल्तीले पनि पैतलाको टेकाई अलिकति बांगो भयो भने रगताम्य हुने निश्चित छु, परियारले फेसबुकमा लेखेका छन्, 'सेलिब्रेटी बनेर सहज जीवनयापन गर्नु फलामको चिउरा चपाउनु जस्तै मात्रै होइन पचाउन सक्नु जस्तै हो ।’
शिवले सन्दर्भ नखुलाए पनि उनले राखेको धारणा नायिका मिरुना मगरमाथि भएको दुर्व्यवहारको प्रसंगसँग केन्द्रित रहेको भन्दै फ्यानहरूले टिप्पणी गरिरहेका छन् ।