जेठ २०, २०७९ शुक्रबार

काठमाडौं- राजेश पायल राई र गायिका पूर्णिमा ठटालको स्वरमा ‘सुम्निमाको देशैमा’ सार्वजनिक भएको छ। ठेट पूर्वेली लोक गीतको भिडियो लिम्दुमी क्रिएसनमार्फत सार्वजनिक भएको हो।

गीतमा ​मृदृल आङबोको शब्द तथा डिआर अटुको संगीत संयोजन रहेको छ भने राजु कार्कीको एरेन्ज रहेको छ। किराँत, राई‚ लिम्बु समुदायको संस्कार र संस्कृतिमा आधारित भएकाले पनि आम दर्शक तथा स्रोताले निकै मन पराउनेमा आफू आशावादी रहेको गायिका पूर्णिमा ठटालले बताइन्।

दुर्गा बान्तवाको छायांकन, मनोज राईको सम्पादनमा भिडियो आकर्षक रुपमा प्रस्तुत गरिएको छ। भिडियोमा राजेश पायल राई र पूर्णिमा ठटालले फिचरिङ गरेका छन्।