जेठ २१, २०७९ शनिबार

 


महेश सिंह/सिराहा - सिरहाको धनगडीमाई नगरपालिका वडा नं. १२ मा रहेको तु.स.डो.मा.वि. विष्णुपुरकट्टीले नव निर्वाचित नगर प्रमुख तथा उप प्रमुख लगयत १ देखि १४ वटा सम्मका वडा अध्यक्षहरूलाई स्वागत तथा सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नव निर्वाचित नगर प्रमुख शिवशंकर महतो र विशिष्ठ अतिथिमा उप प्रमुख संगिताकुमारी चौधरी रहे ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष खुस्मीराम हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक बलरामभक्त ठकुरीले स्वागत मन्तव्य राख्दै स्थानीय सरकार आएदेखि विगतका ५ वर्ष देखि विद्यालयले यस स्थानीय सरकारबाट पाउँनु पर्ने सेवा सुविधा, विद्यालयलाई चाहिने भौतिक संरचना र अहिलेको आवश्यकता प्राविधिक शिक्षामा कुनै किसिमको सहयोगका साथै शिक्षा शाखाले छुट्याएको बजेट पनि नभएको गुनासो गरे । धनगडीमाई नगरपालिकाकै सबै भन्दा पुरानो यस विद्यालयलाई ग्रामीण भेगको एउटा नमुना विद्यालयका रूपमा विकास गर्न आग्रह समेत गरे ।

प्रत्येक विद्यालयलाई करेसाबारी र श्रमसँग जोडेर सिनियर विधार्थीहरूलाई हप्ताको ४ घण्टा काममा लगाउनुपर्ने नगरप्रमुख महतोले बताए ।