काठमाडौँ - केही दिनयता अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले विद्यालयहरूमा ४ दिन बिदा दिने निर्णय गरेको छ । सोमबार नगरपालिकाले एक सूचना जारी गर्दै यहाँका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा भोलि २४ गते मंगलबारदेखि २७ गते शुक्रबारसम्म बिदा दिने निर्णय गरेको हो ।
गर्मीले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा प्रतिकूल असर परेकाले लामो बिदाबाट मिलान गर्ने गरी बिदा दिइएको नगरपालिकाले जनाएको छ।