म पुरुष हुँ
म पुरुष हुँ
तर / मभित्र -
महिलाभन्दा कोमल महिला छ !
म हाँस्छु - बालिका झैं
लजाउँछु युवती झैं
रुन्छु - आमा झैं
चिच्याउँछु - एक अस्तित्व नारी झैं !
मभित्र पनि उस्तै घाउ छ -
उस्तै पीडा छ
उस्तै आँसु र / उस्तै एक्लोपन छ !
म एक पुरुष हुँ -
मभित्र असंख्य नारी छ !
मभित्र पनि -
एक सिर्जन / निर्जन पाठेघर छ !