जेठ २४, २०७९ मंगलबार

मिस नेपालको ताज आफ्ना शिरमा सजाउने लक्ष्यका साथ ‘मिस नेपाल वर्ल्ड–२०२२’ का २४ सुन्दरी अहिले प्रशिक्षणमा जुटेका छन् ।


यस वर्ष प्रतियोगीले स्पर्धामा आईआईएफटीका डिजाइन पनि प्रयोग गर्ने भएका छन् । उनीहरूले ओपनिङ राउण्डमा इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी(आईआईएफटी)का विद्यार्थीहरूले डिजाइन गरेका पहिरनमा प्रस्तुत हुने भएका हुन् । जसको जानकारी आईआईएफटीले दिएको छ ।


डिजाइनरहरूले २४ प्रतियोगीका लागि चार वटा थिममा पहिरन तयार गरिरहेको आईआईफटीले जनाएको छ । तर, थिमबारे खुलाइएको छैन । आईआईएफटीले छोटो समयमै हजारौँ फेसन डिजाइनरहरू उत्पादन गरिसकेको छ । आईआईएफटीले केही दिनअगाडि पनि राजधानीमा एक फेसन शो आयोजना गरेको थियो ।