स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा ९८ दिन तलबसहित प्रसुति बिदा दिन सूचना निकालेर जानकारी गराएको छ।
सरकारी, निजी वा गैरसरकारी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि वा पछि गरी ९८ दिन बिदा पाउने मन्त्रालयले जनाएको छ।
प्रसुति बिदा नदिएको भन्ने गुनासा सुनिएको भन्दै मन्त्रालयले सूचना निकालेर ९८ दिन बिदा पाइने उल्लेख गरेको छ।