जेठ २६, २०७९ बिहिबार

काठमाडौँ– असार १० गतेबाट रिलिजको तयारीमा रहेका फिल्म  ‘घनचक्कर’ को नेपाल भाषाको प्रोमोसनल गीत सार्वजनिक गरिएको छ । सार्वजनिकमा गीतमा फिल्ममा मुख्य पात्रबीचको प्रेम र पैसा चक्कर देखाइएको छ । बिजेन श्रेष्ठको संगीत रहेको गीतमा भुपेन्द्र बज्राचार्यको शब्द रचना तथा स्वर छ । हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको फिल्ममा करुणा अर्याल र संगम भट्टको लगानी छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् ।

यसमा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाईं सहनिर्माताको रुपमा रहेका छन् ।फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडेल लगायतको पनि अभिनय रहेको छ । 

सुसन प्रजापति खिचेको फिल्ममा अर्जुन सिंहको कथा, काजी लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत, मित्र डि गुरुङको सम्पादन रहेको छ । फिल्मलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।