जेठ २७, २०७९ शुक्रबार

‘मनमा पिर’बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । बुधबार साँझ सार्वजनिक गीतको भिडियो बिहीबार बिहान युट्युब ट्रेन्डिङमा प्रवेश गर्दै अगाडि उक्लिरहेको छ ।

लोकप्रिय गायक रामजी खाँड र गायिका प्रविशा अधिकारीको स्वर रहेको यस गीतको शब्द रामकान्त न्यौपानेले लेखका हुन् । बादल घिमिरेको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन् ।

विक्रम चौहानको कथा एवं निर्देशनमा तयार भिडियोमा बादल घिमिरे र प्रियना आचार्यको अभिनय छ । भिडियोले सामाजिक कथा प्रस्तुत गरेको छ । गीतका संगीतकार एवं मोडल घिमिरे स्रोता दर्शकबाट राम्रो प्रतिक्रिया मिलिरहेको बताउँछन् । ‘गीत ट्रेन्डिङमा पनि अगाडि आइरहेको छ । भ्युज पनि विस्तारै बढीरहेको छ’ गीतको प्रारम्भिक प्रतिक्रियाबारे घिमिरे भन्छन्, ‘भिडियोमा देखाईएको कथालाई धेरैले रुचाउनुभएको छ ।’

प्रकाश खड्काको छायाँकन रहेको भिडियोमा सागर भण्डारी र पुष्पलता भट्टराई लगायतको समेत अभिनय छ । मिलन विश्वकर्माको सम्पादनपश्चात ‘नमस्ते प्लस’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । भिडियो अहिले युट्युबमा संगीततर्फ ट्रेन्डिङको १५ औं नम्बरमा छ ।