जेठ २८, २०७९ शनिबार

चर्चित गायक जस्टिन बिबरको रामसे हन्ट सिन्ड्रोमबाट अनुहारमा पक्षाघात भएको छ ।

उनले आफू एक दुर्लभ न्यूरोलोजिकल डिस्अर्डरबाट पीडित भएकाले बताएका छन् ।  

गायक जस्टिन बिबरले यस हप्ताको शो रद्द गरेपछि आफू अनुहारको पक्षघातबाट पीडित भएको खुलासा गरेका हुन् । २८ वर्षीय जस्टिनले एक इन्स्टाग्राम भिडियोमा पोस्ट गरेका छन् । 

रामसे हन्ट सिन्ड्रोम के हो रु

रामसे हन्ट सिन्ड्रोम एक दुर्लभ र गम्भीर अवस्था हो । अनुहार पक्षाघात वा कमजोरी, कानमा दागहरू, सुन्ने क्षमतामा कमी, मुख सुक्खा र स्वाद परिवर्तन हुनु लक्षणहरू रहेका छन् ।