जेठ ३०, २०७९ सोमबार

काठमाडौं । आफ्नो गायन क्षमताले स्रोताको मन जित्न सफल गायक सजल न्यौपाने र लोकप्रिय गायिका प्रविशा अधिकारीको सुमधुर स्वरमा सजिएको 'अलिअलि तिमीसँग’ बोलको  म्युजिक भिडियो  सार्वजनिक भएको छ । यस गीतमा युवा गीतकार सक्रिय श्रेष्ठको शब्द रहेको छ भने स्वयम गायक न्यौपानेको नै संगीत रहेको छ। गीतमा  रिदम कँडेलको संगीत संयोजन रहेको छ।  
 
म्युजिक भिडियोमा  नायक आकाश श्रेष्ठ र पूजा गिरी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । ुसक्रिय क्रियशनु नामक युटुयुव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  यसअघि गीतकार श्रेष्ठको शब्दमा रहेको ' कुरा नगरेकै जाती'  'सपनाको रंग' बोलको भिडियोहरु सार्वजनिक भैसकेका छन्। भिडियोले दर्शक स्रोताबाट सकारत्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

भिडियो लिंक: