गायक राजु लामाले सान् फ्रान्सिस्कोमा प्रस्तुति दिने भएका छन्।
जुलाई १ का दिन ब्यान्ड सहित उनले प्रस्तुति दिन लागेका हुन् ।
मानापाथी ईन्टरटेनमेन्टले आयोजना गर्न लागेको लाईभ कन्सर्टमा गायक लामाले प्रस्तुति दिने बताइएको छ ।
सान् फ्रान्सिस्कोको रोकापुल्कोमा आयोजना हुन लागेको कन्सर्टको साधारण टिकेट दर ४५ डलर कायम गरिएको छ ।
भिआईपी टिकेटको दर १५० डलर रहेको छ।
'सेभ द हिमालयस्' नारा दिइएको कार्यक्रममा टिकट बिक्रीबाट भएको नाफाको दश प्रतिशत रकम हिमाल सरसफाईमा खर्च गरिने आयोजकले जनाएको छ।
