गायक राजेश बर्देवा र गायिका मेनुका परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘डोको चोयाको’ सार्वजनिक भएको छ ।
गीतलाई ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत सोमवार सार्वजनिक गरिएको हो ।
कृष्ण बस्यालको शब्द रहेको यस गीतमा गायक बर्देवाले नै संगत भरेका छन् ।
गीतको फीचरिङमा नायक धिरेन शाक्य र सविना सुनार लगायत देखिएका छन् ।
समाचार तयार पार्दासम्म गीतले २६ हजारभन्दा बढी भ्युज पाएको छ ।