विद्यालय हिँडेकी शिक्षिका नुवाकोटको तादी गाउँपालिका–४ स्थित घिरौंले भीरमा स्कुटरसहित खोलामा खसेकी छिन् । सुन्दरा माध्यमिक विद्यालय सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको शव तादी खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दुप्चेश्वर गाउँपालिका–६ घर भएकी शिक्षिका बा.९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् । उनको स्कुटर पनि खोलामा फेला परेको छ ।