असार ३, २०७९ शुक्रबार

मेकअप गराएपछि दुई महिला पैसा भुक्तानी नगरीकनै ब्युटी पार्लरबाट फरार भएका छन् । उनीहरुको यस्तो व्यवहारमा ब्युटी पार्लरकी मालिकले प्रहरीमा उजुरी दिएकी छिन् । साथै उनले सोसल मिडियामा ती महिलालाई खोजिदिन अपिल गर्दै एउटा पोस्टसमेत गरेकी छिन् ।

 पार्लरकी मालिकको नाम जेड एडम्स हो । २८ वर्षकी एडम्सले दिएको जानकारी अनुसार दुई दिन अघि उनको पसलमा दुई महिला आएका थिए । यी दुईले आफूलाई आमा–छोरीको रुपमा चिनाएका थिए । एडम्सका अनुसार यी दुईले मेकअपका साथै बोटक्स ट्रिटमेन्ट र अन्य महँगा ट्रिटमेन्ट गराएका थिए । तर जब ५१० पाउन्ड (७७ हजार रुपैयाँ) तिर्नुपर्ने बेला भयो तब यी दुई गायब भए ।

बेलायतमा बस्ने जेड एडम्सले फेसबुकमा एक महिलाको फोटो सेयर गर्दै लेखिन्, ‘कृपया चोरको तस्बिर सेयर गर्नुहोस् । दुर्भाग्यले हिजो मेरो क्लिनिकमा यी महिला र उनकी छोरी ब्युटी ट्रिटमेन्टका लागि आएका थिए । तर भुक्तानी नगरीकनै उनीहरु फरार भए । उनीहरुले गरेको कुराकानीको आधारमा उनीहरु आयरिश मुलका हुन् कि जस्तो लागेको छ ।’