असार ५, २०७९ आइतबार

सिरियल ‘सन्ध्या’ निर्माण हुने भएको छ । आइतबार भद्रकाली मन्दिरमा फिल्मी शैलीमा शुभ–मुहुर्त गर्दै सिरियलको निर्माण घोषणा गरिएको हो ।

कलाकार नीर शाह, निर्देशक शोभित बस्नेत, हिउँवाला गौतम लगायतको उपस्थिति मुर्हुतमा रहेको थियो  सिरियलको छायाङ्कन सोमबारदेखि मकवानपुरको चित्लाङबाट सुरु हुनेछ । रामजी राउतको निर्देशन रहने सिरियलमा नीर शाह, शोभित बस्नेत, हिउँवाला गौतमका अलवा दयाराम दाहाल, गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धर्मेन्द्र आचार्य, भिमा मैनाली, सुन्दर लामिछाने, कन्दिप कँडेल, आशा पाण्डे र बालकलाकार एलेक्स खड्को अभिनय रहनेछ ।

सुदिप कँडेल र कृष्ण कार्की निर्माता रहेको सिरियल जया ओझाले लेखेकी हुन् । राहुल राईको छायाङ्कन रहने सिरियलमा नविन निरौलाले सम्पादन गर्नेछिन् ।