असार ६, २०७९ सोमबार

पछिल्लो समय चर्चामा रहेकी गायिका एलिना चौहान र गायक रामकुमार नेपालीको स्वर रहेको गीत रहेको ‘कस्तो मुन्छे तिमी त’ सार्वजनिक भएको छ । लोक शैलीमा तयार भएको गीतमा रामचन्द्र बोगटीको शब्द तथा संगीत छ । गीतका शब्द टिपिकल्ली नेपाली पाराको छ ।

गीतमा माया प्रेमका कुरा गरिएको छ । जसको आकर्षक भिडियो समेत निर्माण भएको छ । भिडियोमा शिक्षिका तथा आधुनिकतामा रमाउने विद्यार्थी बीचको प्रेमप्रसंग देखाउन खोजिएको छ । भिडियोमा मोडल उषा उप्रेतीले शिक्षिका र सुधीर श्रेष्ठले विद्यार्थीको भुमिका निर्वाह गरेका छन् । 

सञ्जय श्रीपालको संगीत संयोजन रहेको गीतको भिडियोका निर्देशक निशान बानियाँ हुन् ।