गायक तथा संगीतकार निकेश राईको पूर्वेली लोकलयमा आधारित ‘लाहुरे माइला’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल निकेश राईमार्फत सार्वजनिक भएको छ । राजु कार्कीको एरेन्ज रहेको गीतको भिडियोमा छायाङ्कन किरण राई र सुरेश राई तथा सम्पादन नवीन घर्ती मगरले गरेका छन् । भिडियोको परिकल्पना पनि निकेश राईकै रहेको छ ।
मकालु–१, वालुङ, संखुवासभाका निकेशले हालसम्म सय जति गीतमा स्वर दिइसकेका छन् । हालै उनको नयाँ गीत अशोक मुकारुङ र सुनिता संयोगको युगल आवाजमा पनि आएको छ ।