असार १४, २०७९ मंगलबार

जितु नेपालले नयाँ फिल्म बनाउने भएका छन्। छक्का पन्जा टिमबाट अलग्गिएपछि बनाउन लागेको फिल्मको छायांकन दशैंपछि हुने जितुले जानकारी दिए।

'फिल्म गर्ने भनेर मात्र हुँदैन, सबै कुरा मिल्नुपर्छ। दर्शकलाई त फिल्म मनपर्छ कि पर्दैन थाहा हुँदैन तर आफूलाई मनपर्ने फिल्म बनाउनुपर्छ। त्यसकारण हामी हतारिएका छैनौं। कथा चित्त बुझ्यो भने मात्र फिल्मको काम अगाडि बढ्छ,' उनलेे थपे। 

यस फिल्मलाई दिनेश डिसीले निर्देशन गर्ने तयारी छ। फिल्मको निर्देशनका लागि डिसीसँग छलफल भइरहेको जितुले बताए।

पहिला दीपकराज गिरी र दीपाश्री निरौलाको टिममा काम गरेका जितु नेपाल, सुमन गिरी र ताराचन्द्र बजगाईंले मिलेर नयाँ फिल्म निर्माण गर्ने लागेका हुन्।