बागमती प्रदेशसभा बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
भोलिको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि थप छलफल हुनुको साथै बजेटमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिनेछन् । त्यस्तै सरकारको काम कारवाही र बजेटमाथि सांसदहरूले राखेको प्रश्नहरूको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलेसमेत जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश सरकारको बजेटको मन्त्रालयगत शीर्षकहरूमाथि छलफलका लागि बसेको आजको दुई चरणको बैठकमा सांसदहरूले व्यक्तिगत र दलगत रूपमा धारणा राखेका थिए । आजको दुई वटा बैठकमा गरी प्रदेशसभाका २६ जना सांसदले बजेटमाथि आफ्नो धारणा राखेका थिए ।