त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको नयाँ नेतृत्वका लागि भएको चुनावमा नेकपा (एमाले) निकट कर्मचारीहरूले गठबन्धनलाई पराजित गर्दै क्लिनस्विप गरेका छन्।
असार १० गते भएको चुनावमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लवनिकट कर्मचारीले गठबन्धन गरेका थिए।
उनीहरूको प्रजातान्त्रिक-वाम लोकतान्त्रिक समूहबाट अध्यक्षमा पूण्यप्रसाद आचार्य उम्मेदवार बनेका थिए भने एमालेनिकटको प्रगतिशील कर्मचारी समूहबाट छत्रबहादुर कार्की उठेका थिए।
मंगलबार राति सकिएको मतगणनामा कार्कीले २४४१ मत पाए भने आचार्यले १९२७ मत ल्याए।
एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, महासचिवसहित २५ सदस्यीय केन्द्रीय समितिमा सबै एमालेनिकट कर्मचारी विजयी भएका छन्।
यसअघि त्रिवि कर्मचारी संघमा एक्लै लड्दा पनि कांग्रेसले सबै पदमा जितेको थियो।