असार १५, २०७९ बुधबार

सिरहा । मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रमोद यादवले शिक्षामा सबैको पहुँच सहज हुनुपर्ने बताएका छन्। सिरहाको लहान मनकामना मध्यमिक विद्यालय लहानमा शनिबार शैक्षिक मेला २०७९' मा प्रमुख अतिथि रहेका मन्त्री मन्त्री यादवले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने ''शिक्षामा चाहे त्यो निजी विद्यालय होस् अथवा सामुदायिक विद्यालय होस् त्यो विद्यालयले कसरी राम्रो सर्भ सुलभ तवरबाट हाम्रो समाजका निमुखा विपन्न र गरिब नागरिकहरुको छोराछोरीले शिक्षामा सहज पहुँच कसरी गर्छ, त्यसमा पनि गुणस्तरीय प्राविधिक शिक्षा सबैले आफ्नो तवरबाट गुणात्मक पहलमा लाग्नुपर्छ ।'

मनकामना माध्यमिक विद्यालय परिसरभित्र आयोजना भएको मेलाले मुख्यतया विद्यालयका विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने र सूचना तथा प्रविधिमा उनीहरूको बुझाइ र क्षमताको खोजीमा केन्द्रित रहेको आयोजक लहान मनकामना स्कुलका प्रिन्सिपल बद्रनारायण चाैधरीले बताए ।