असार १७, २०७९ शुक्रबार

बागमती प्रदेशसभाबाट बिहीबार बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ कांग्रेस र माओवादीले आफ्ना प्रदेशसभा सदस्यहरूको हस्ताक्षर संकलन गरेको छ छ।  

नेकपा एकीकृत समाजवादीले आलोपालो मुख्यमन्त्री चलाउने सहमति कार्यान्वयन गर्न अटेर गरेको भन्दै कांग्रेस र माओवादीले दबाब दिन हस्ताक्षर संकलन अभियान थालेको जनाएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रीय सहमति भएमात्र आफूले मुख्यमन्त्री छाड्ने स्पष्ट अडान राखेका छन्। उनले बागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरूको निरुपण पाँच दलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुने बताएका छन्।