धनगढी । कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत कञ्चनपुर घर भएकी अन्दाजी १९ वर्षीया आरती विष्ट बिहीबार घरमै मृत भेटिएको प्रहरीले जनाएको छ।
उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ। उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह मानविकी संकाय प्रथम सेमेस्टरमा अध्यनरत थिइन्। उनको मृत्युपछि क्याम्पसले आज शोक बिदा दिएको छ।