काठमाडौँ । गायिका सुरक्षा सेन्चुरीको स्वरमा रहेको ’तिमीवना’ गीतको भिडियो सार्वजनिक भएको छ । हङ्गकङ्ग निवासी गीतकार रचना प्रधानको शब्द सिर्जना तथा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा गीत तयार गरिएको छ । गीतमा राहुल प्रधानको एरेन्ज रहेको छ ।
तिमीविना भाग ३ मा प्रवीन डिसी , आयुष्मा कार्की र सृष्टि सुब्बाको अभिनय रहेको छ । दिनेश पराजुलीको छायांकन , अमृत चापागाईँले सम्पादन गरेका छन् ।
प्रेम, रोमान्स र बिछोडले भरिएको त्रिकोणत्मक प्रेम कथालाई देखाउन खोजिएको गीतको भिडियोलाई पछिल्लो पुस्ताका रुचाइएका निर्देशक जसबहादुर याक्खाले निर्देशन गरेका हुन् ।
गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।
<iframe title="YouTube video player" src="https://www.youtube.com/embed/kwInUnAIfgw" width="100%" height="315" frameborder="0" allowfullscreen="allowfullscreen"></iframe>