असार १९, २०७९ आइतबार

महेश सिंह, सिरहा - सिरहाको नवराजपुर गाउँपालिका ३ फुलवरीयामा रहेको शहीद रमेश महतो स्मृति विद्यालयमा शिक्षकहरूको लापरबाहीले करिब ९ सय  विद्यार्थीहरूको भविस्य अन्योलमा परेकाे छ । 

त्यहाँ छडके अनुगमनमा पुग्दा १३ जना शिक्षकहरूमध्ये ४ जना शिक्षक मात्र कार्यालयमा भेटिएका थिए । स्कुलमा पहिलाको तुलनामा गुणस्तरीय पढाइ नहुँदा अभिभावकहरू आक्रोशित भएका छन्। शिक्षकहरूले लापरबाही गर्दा पनि शिक्षा विकास तथा समन्वय एकाइ सिरहा र स्थानीय सरकारसमेत मौन देखिएका छन् ।

पत्रकारको समूह छडके अनुगमनमा पुग्दा विद्यालयका प्रधानाध्यापकलगायत ८ जना शिक्षकसमेत अनुपस्थित रहेका थिए भने निमित्त प्र.अ. महेश्वर यादव, लेखापाल र विधालय सहयोगी बलदेव यादव र शिक्षक देवेन्द्र यादव मात्र स्कुलमा भेटिएका थिए।

२०१९ सालमा स्थापना भएको विद्यालयको अवस्था यस्तो दयनीय देखिएकाे छ ।