असार २०, २०७९ सोमबार

गीतकार डी. पी. दाहाल परिश्रमीको शब्द रहेको गीत ‘हाम्रो पनि मन हुन्छ’ सार्वजनिक गरिएको छ । गीगमा  दृष्टिबिहीनहरूको मनभित्रका भोगाइहरूलाई प्रस्तुत गरिएको छ ।

प्रत्यक्ष रूपमा आँखा देख्नेहरूले आँखा नदेखेर विवश भएकाहरुलाई अन्तरमनदेखि नै माया गरौँ, उनीहरुले बाहिरी आँखा नदेखे पनि भित्री आँखाले सबै देखिरहेको हुन्छ भन्ने कुरा गीतले बोल्छ । गायक दिपक लिम्बु, गायिका पूजा देवकोटाको स्वर, पुरुषोतम न्यौपानेको संगीत, केशब बडूको एरेन्ज छ । भिडियो स्मृती तिमिल्सेना (गुरुआमा)ले निर्देशन गरेकी हुन् ।

भकमल सिंह र आयुष्मा कार्कीको अभिनय रहेको भिडियो डिलाईटेड नेपालको ब्यानरमा प्रस्तुतकर्ता रिता सिम्खडा दाहाल रहेको भिडियोमा सम्पादन(कलर प्रकाश धमला र क्यामरामा सुरेश श्रेष्ठ रहेका छन् ।