काठमाडौं: शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म 'दोख'को बुकिङ खुलेको छ। अनुप बरालको निर्देशनमा बनेको फिल्मको बुकिङ मंगलबार साँझदेखि खुलेको हो।
फिल्मले हलमा औसत शो पाएको छ। शुक्रबारदेखि नै प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित हलिउड फिल्म 'थोरः लभ एण्ड थण्डर'का कारण पनि दोखले कम शो पाएको हो। राजन कठेतको लेखन तथा अनुप बरालको निर्देशनमा बनेको फिल्मले माओवादी जनयुद्धको कथा भन्छ।
स्पोर्ट ड्रामा जनरामा बनेको फिल्मको छायांकन पूर्वको पहाडी जिल्ला भोजपुरमा भएको हो। भुकम्प अघिदेखि नै निर्माणको तयारीमा रहेको फिल्म सात वर्षपछि निर्माण सम्पन्न भएर हलमा प्रदर्शन हुन लागेको हो।
फिल्ममा दिया मास्के, मनिष निरौला, माओत्से गुरुङ, सुरज मल्ल, रोयदिव, लोकमणि सापकोटा, अनोज पाण्डे, कमल देवकोटा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।