असार २४, २०७९ शुक्रबार

गण्डकी प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सिर्जना गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बजेटको विषयलाई लिएर एमालेले बैठकमा अवरोध सिर्जना गरेको हो ।

असार १ मा सार्वजनिक बजेटमा निर्वाचान पूर्वाधार विकास कार्यक्रम छुटेको तर २० दिनपछि उक्त योजना समावेश भएको भन्दै एमालेले विरोध जनाएको हो ।