काठमाडौं: मधेश प्रदेश सरकारले शनिबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित गर्ने तयारी गरेको छ।
शुक्रबार विभिन्न मन्त्रालयका बजेटमाथिको छलफल सकिएसँगै शनिबार बजेट पारित गर्न लागिएको हो।
प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकबाट बजेट पारित गर्ने कार्यसूची रहेको जानकारी दिए।
प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्षका लागि गत असार १ गते ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रदेशसभामा पेस गरेका थिए।