त्रिभुवन विश्वविद्यालयको विभिन्न विषयको परीक्षामा प्रश्नपत्र हुबहु दोहोरिएको विषयमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले छानबिनको माग गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पटकपटक प्रश्नपत्र हुबहु दोहरिँदा परीक्षाको विश्वसनीयता र वैधानिकतामाथि प्रश्न उठेको भन्दै छानबिन गर्न माग गरेका हुन् ।
निजी कलेजका प्रश्नपत्रसँग हुबहु हुनुले विश्वविद्यालयको लापरबाही, गैरजिम्मेवारी मात्रै नभइ शंकास्पद व्यवहार देखिएको नेविसंघको ठहर छ। उनका अनुसार असार २२ गतेमात्रै बीबीए छैटौं सेमेस्टरको प्रश्नपत्र मोर्डन कलेजको ‘प्रिबोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेको थियो ।