कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट विरामी परेका छन् । रगतमा बोसोको मात्रा अत्यधिक देखिएपछि थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको छ ।
अत्यधिक पेट दुख्न थालेपछि कर्णाली केयर अस्पतालमा आइतबार बेलुका भर्ना भएका विष्टलाई सोमबार हवाईजहाजमार्फत काठमाडौँ लगिएको हो ।
मन्त्री विष्टको उपचारमा संलग्न डाक्टर उज्ज्वल अर्यालकाअनुसार रगतमा बोसोको मात्रा अत्यधिक देखिनुका साथै श्वासप्रश्वासमा पनि समस्या देखिएपछि आफन्तको आग्रहमा काठमाडौँ पठाइएको बताए ।