यसै सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच बिएस बलामी निर्देशित फिल्म ‘प्रपञ्च’ को गीत ‘मुटुमा सास भर्ने आधार’ रिलिज गरिएको छ । निर्माण युनिटले गीत सार्वजनिक गरेको हो । गीतमा मुख्य कलाकार सुमन थापा र मेनुका माझीको अभिनय छ । सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीले स्वर दिएका छन् ।
२१ असोजबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म बद्री साह, अनिल गीता र रवि राज आचार्यले निर्माण गरेका हुन् । फिल्ममा सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुस मगर, मनिल तामाङ, प्रकृति केसीलगायत कलाकारको अभिनय छ ।