कर्णाली प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा योजना मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै साउन १ गते सार्वजनिक बिदा दिने जनाएको छ ।
मन्त्रालयकाअनुसार साउन १ गते आइतबार साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा बिदा दिन लागेको हो ।
२०७८/१२/२९ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको थियो ।
उक्त बिदाका दिन कर्णाली प्रदेशभर रहेका सबै सरकारी तथा सार्वजनिक संघ सस्थाहरूमा सार्वजनिक बिदा हुने भएको छ ।